आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा स्थायी कमिटिको बैठक साउन २ गते सम्म स्थगित

AuthorAP Khabar२०७७ अषाढ २६, शुक्रबार (३ साल अघि) ६१९ पाठक संख्या

असार २६ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ ।

देशभर भैरहेको अविरल वर्षा र बाढीको कारण भएको जनधन क्षतिलाई मध्यनजर गर्दै त्यस कार्यमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि स्थगित भएको बैठक आज बस्ने भनिएको थियो । तर, अन्तिम समयमा आएर बैठक साउन २ गतेसम्मको लागि स्थगित भएको छ ।

शुक्रबार बिहान श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षतिसमेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

प्रतिक्रिया दिनुहोस