आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढिका कारण जीतपुरसिमरा १९ मा सयैँ विगहा खेती नष्ट

AuthorAP Khabar२०७७ अषाढ २७, शनिबार (३ साल अघि) ७९४ पाठक संख्या

एपी खबर
जीतपुर : बिगत तिनदेखि परेको अबिरल पानीका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनरवासिराको १०० बिगहा भन्दा बढि खेतको बालि बाढिले नष्ट गरेको छ । असारमा अबिरल वर्षा संगै बालगंगामा आएको बाढिले खोला आफ्नो धार परिवर्तन गर्दा सय विगहा भन्दा बढि बालि र ५० विगहा भन्दा बडि खेतलाई नोक्सान बनाएको हो ।

अविरल वर्षासंगै बालगंगा (बगंरी) नदिले आफ्नो धार परिवर्तन गरी खेतको बाटो भएर बग्न थालेपछि यहाँका किसानहरु चिन्तती भएका छन् । नदिले आफ्नो धार परिवर्तन गरी खेतमा लगाइएको सबै बालि नष्ट गर्नुका साथै खेतमा बालुवा थुपारेपछि यहाँका किसानहरु चिन्तीत बनेका हुन् ।

लगभग जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनरवासिराका अधिकाशं किसान बालगंगा नदिमा आएको बाढिको प्रकोपमा परेका छन् । खेतीकिसानी नै जीविको पार्जनको मुल आधार रहेको र त्यो पनि खेलाले बगाएपछि आफुहरु बिचल्लीमा परेको स्थानिय किसान गणेश चौधरीको भनाई छ । करिब ४ विगहा खेतमा धान बालि गरेका उनको आधी खेतमा खोलाले आफ्नो धार बनाएको र आधि खेतमा बालुवा थुपारेको छ ।

बालगंगा नदिको धार परिवर्तन गर्न यस नदिमा तटबन्ध गर्नुपर्ने स्थानिय किसन राजदेव राउतले माग गर्नुभएको छ । उहाँले आफुहरुको क्षती पुर्तीको ब्यवस्था सहित धार परिवर्तन गर्न सम्बन्धित निकायले आफ्नो भुमिका निर्वाह गर्न आवश्यक रहेको जानकारी जानकारी दिनुभयो ।

यता बालगंगा नदिमा पुल निर्माणका क्रममा ठेकेदारले लगाएको बाधका कारण र रिलायन्स चिनि मिलले खोलालाई साधुरो बनाएपछि खोला गाउँमा पसेको जीतपुरसिमरा उपमहानगरपालिाका वडा नम्बर १९ का वडा अध्यक्ष सुधनदास तत्माले आरोप लगाउनुभएको छ । उहाँले बाढिका कारण छोट्की मटिअरिया, गुलरिया टोल, बडकी मटिअरिया, पिपरिया, मथुरापुर र ईनरवासिराका अधिकाशं किसान पिडित भएको बताउनुभएको छ ।

उहाँले गुलरीया टोलमा निर्माण सम्पन्न भएको पुलको छेउ छेउको माटो बगाएर लगेको जानकारी दिनुभयो । यसैगरी बजरादेखि मठिअरिया जाने सडक बाढिका कारण टुटेको समेत जानकारी दिनुभयो ।

उहाँले क्षती भएका सबै किसानको लालपुर्जाको आधारमा लगत संकलन गर्ने काम भैरहेको बताउदै सबै एकिन डाटा आएसगं क्षतीपुर्ती र बाध निर्माण सम्बन्धित निकायमा पहल गर्ने जानकारी दिनुभएको छ ।

३ वर्षमा पुल निर्माण गर्ने जीम्मा पाएका आश्रे निर्माण सेवाले ५ वर्ष वित्दा समेत पुल निर्माण गर्न नसक्दा यो समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस