आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रतिवेदन परिमार्जन जिम्मा गाैतम, रावल र भुसाललाई

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४६८ पाठक संख्या

काठमाडौं , पौष १३ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको  राजनीतिक प्रतिवेदन व्यापक रूपमा परिमार्जन हुने भएको छ ।

प्रतिवेदनप्रति स्थायी कमिटी सदस्यहरूले असन्तुष्टि जनाएपछि परिमार्जन गर्न लागिएको हो । शीर्ष नेतृत्वले प्रतिवेदन परिमार्जनको जिम्मा सचिवालय सदस्य बामदेव गौतम तथा स्थायी कमिटी सदस्यद्वय भीम रावल र घनश्याम भुसाललाई दिने तयारी गरेको स्रोतले जनाएको छ ।

पार्टी मुख्यालय धुमबाराहीमा मंसिर २९ देखि शुरू भएको स्थायी कमिटीको तेस्रो बैठकमा नेतृत्वले निकै आलोचना खेप्नु पर्यो । बैठकमा महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली  र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल बाहेक स्थायी कमिटीका अन्य नेताहरूले सरकार र पार्टी संचालन कार्यशैलीप्रति आक्रोस व्यक्त गरे ।

अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनबाट जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनतावाद गायव भएपछि त्यही बिषयलाई लिएर बैठकमा चर्काचर्की नै पर्यो । नेता गौतमले अध्यक्षद्वयको प्रतिवेदनप्रति असहमति जनाउँदै बैठकको पहिलो दिनमै फरक प्रतिवेदन पेश गर्नुभएको थियो । छलफलमा अन्य केही नेताले पनि लिखित धारणा पेश गरे ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, गौतम, रावल, भुसाल र योगेश भट्टराई लगायतले प्रतिवेदन व्यापक रूपमा हेरफेर नगरी पारित हुन नदिने जनाएपछि अध्यक्षद्वय ओली र दाहाले परिमार्जन जिम्मा असन्तुष्ट पक्षलाई नै दिने योजना बनाउनु भएको हो ।

बैठकमा सरकार, पार्टी संचालन र प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरूले गरेको प्रश्नको अध्यक्ष ओलीले बिहिवार जवाफ दिनुभएको छ । बिहिवारको बैठकमा अध्यक्ष ओली २ घण्टा बोल्नु भएको थियो । ओली एसिया प्यासिफिक समिटमा सरकारको सहकार्य गल्ती भएको स्वीकार गर्नुभएको छ ।

अर्का अध्यक्ष दाहालले बुधबारको बैठकमा जवाफ दिनुभएको थियो । उहाँ पनि प्रतिवेदन परिमार्जन हुने प्रतिवद्दता जनाउनु भएको थियो । त्यसको लागि कार्यदल बनाइने जानकारी दिनुभएको थियो ।

प्रतिवेदन परिमाजनबारेको छलफल अझै जारी छ। त्यसको लागि शुक्रबार बिहान साढे ८ देखि बैठक शुरू भएको छ । दुई साता अघि शुरू भएको बैठक आजको छलफल टुंगिने संभावना छ । आजको बैठकले प्रतिवेदनमा जबज थपेर त्यसलाई अन्तिम रूम दिने स्रोतले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस