आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमै पहिलो पटक ‘हाइकु प्रदर्शनी’ !

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ५१८ पाठक संख्या

नवलपरासी  , पौष १३ :  सामान्यतः साहित्यिक रचनाहरु लेखन वा वाचन गरी स्रोता, दर्शक वा पाठकमाझ प्रस्तुत गरिन्छ । तर अब साहित्यलाई प्रदर्शनी पनि गरिने भएको छ ।

छोटो साहित्यको रूपमा परिचित हाइकु विधालाई प्रदर्शनी गरी आम जनसमुदायमा परिचित गराउन नेपालमै पहिलो पटक पश्चिम नवलपरासीमा नौलो अभ्यास गर्न लागिएको हो ।

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा ‘कवि खगेन्द्र बस्यालको एकल हाइकु रचना प्रदर्शनी’ कार्यक्रम बर्दघाट नगरपालिका–१२ भटौलिया बजारमा पुस १४ गते हुन लागेको हो । नेपाल रेडक्रस सोसाइटी बुद्धमङ्गल उपशाखा, मझेरी आमा समूह र सिर्जनशील आमा समूह जहदाको सहआयोजना रहने सो कार्यक्रममा कवि बस्यालका हाइकुलाई प्लेकार्डमार्फत प्रदर्शन गरिने पुस्तकालयका अध्यक्ष सुरज केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा नवलपरासी, रुपन्देही, चितवनलगायतका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी, आमा समूह, विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५०० को सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमबाट प्रत्यक्ष ५०० र अप्रत्यक्ष रुपमा एक लाख मानिसले हाइकुको बारेमा बुझ्ने र जानकारी लिन पाउने उहाँले बताउनुभयो ।

समाचार

प्रतिक्रिया दिनुहोस