आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रियसभा नियमावली संशोधन गर्न समिति गठन

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४०४ पाठक संख्या

काठमाडौं  , पौष १३ : राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरिएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले ९ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल (पार्वती), परशुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल र शेरबहादुर कुँवर रहनुभएको छ ।

आजको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सांसद रामचन्द्र राई र अनिता देवकोटाले समर्थन जनाउनुभएको थियो ।

बैठकले ‘राहदानी विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकसमक्ष सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक पुस २० गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

समाचार

प्रतिक्रिया दिनुहोस