आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिशूली महोत्सवमा २ करोड कारोबार

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४४५ पाठक संख्या

नुवाकोट  , पौष १३ : त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सव २ करोड रुपैयाँ भएको छ ।

विद्यालयमा सिभिल इञ्जिनीयरिङ सञ्चालनको लागि रकम जुटाउने उद्देश्यले आयोजित महोत्सव ६० हजारले अवलोकन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले जानकारी दिनुभयो ।

महोत्सवको बुधबारदेखि सकिएको छ । प्रदेशसभा सदस्य केशवराज पाण्डेले महोत्सव समापन गर्दै पहाही संरचना रहेको नुवाकोट खाद्यान्न, तरकारी, फलफूल उत्पादन, कृषि, पर्यटन, संस्कृति तथा धार्मिक सम्पदाले भरिपूर्ण रहेकाले कारण जिल्लालाई आत्मनिर्भर बनाउनाका साथै पर्यटकीय जिल्ला बनाउनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले महोत्सवले उद्यमको पहिचान गर्न र लगानीकर्तालाई लगानीको क्षेत्र विस्तार गर्न वातावरण बनाएको बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस