आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रकले स्कुटरलाई ठक्कर दिँदा पत्रकार पौडेलको निधन

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४२२ पाठक संख्या

चितवन  , पौष १३ : पत्रकार प्रवीण पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । ट्रककाे ठक्करबाट सख्त घाइते पौडेलको उपचारको क्रममा शुक्रबार निधन भएको हो ।

एपिवान टेलिभिजनकर्मी पौडेलले चलाएको बा ६१ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको हो । २७ वर्षीय पौडेललाई भरतपुर अस्पताल पुर्योइएको १ घण्टाकै निधन भएको प्रहरीले जनाएको छ ।  पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ, चितवनले दुःख व्यक्त गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस