आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अब जन्मने छारीलाई प्रदेश नम्बर २ बाट एक लाख बिमा उपहार

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४२४ पाठक संख्या

Ab संवादाता
कलैया, पुस १३ : प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहमद लालबाबु राउत गद्दिले अबको केहि वर्ष भित्र यस प्रदेशमा जन्म लिने हरेक छोरीका लागि १ लाख बराबरको बिमा गर्ने उद्घोष गर्नुभएको छ ।

बारा सदरमुकाम कलैया उपमहानगरपालिका ७ मा रहेको मदर्शा सल्फिया कन्जुलुम उलुम रङ्गपुरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बेटि पढाउ बेटि बचाउ जस्ता अभियानले गति लिइरहेको बेला अब यस प्रदेशमा जन्म लिने प्रत्येक छोरीको लागि प्रदेश नम्बर २ को सरकारले बिमा कार्यक्रम लागु गर्ने उद्घोष गर्नुभएको हो ।

उहाँले हाल सम्म मुस्लिम समुदायलाई भोट बैँकको रुपमा मात्र लिएको जिकीर गर्दै देश भरीमा ४ प्रतिशत र प्रदेश २ मा १२ प्रतीशतको संख्यामा रहेको मुस्लिम समुदायको पर्वलाई प्रदेश नम्बर २ को सरकारले विषेश प्राथमीक्तामा राख्ने बताउनुभयो । उहाँले संघिय सरकारले मुस्लिम समुदायको पर्वमा बिदा नदिएको प्रति आपति समेत ब्यक्त गर्नुभएको थियो ।

उहाले प्रदेश नम्बर २ मा दलित र मुस्लिम समुदायको अवस्था ज्यादै दयनिय भएको बताउदै प्रदेश सरकारले सो वर्गको लागि विशेष कार्यक्रम छिटो ल्याउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । सोही अवसरमा संघीय सरकारका स्वास्थ्य राज्य मन्त्री डक्टर सुरेन्द्र यादबले सरकारले स्वास्थ्य सेवा छेत्रमा कहिपनि कन्जुस्याइ नगर्ने बताउदै प्रदेश नम्बर २ का जनता स्वास्थ सेवाको पहुचबाट टाढा रहेकोले उनीहरुको लागि विशेष योजना ल्याउने बताउनुभएको छ ।

मदर्शाका अध्यक्ष मन्जुर आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का सान्सद रामबाबु कुमार यादब, प्रदेश सान्सदहरु पारस साह, बच्चा यादब, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, उप प्रमुख रहिमा खातुन, दुबई एम्बेसीका ट्रान्स्लेटर इब्राहिम अन्सारी लगायतकाको उपस्थिति रहेको थियो । मौलाना कमरुल हक अन्सारीको स्वागत रहेको कार्यक्रममा साजिर मन्सूरले सहजीकर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस