आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जातीय भेदभाव तथा छुवाछुतको घटनामा मेलमीलाप नहुने प्रहरी उपरिक्षक सानुराम भट्टराई

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४२५ पाठक संख्या

AP संवादाता
कलैया, पौष १३ : जील्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले अन्य मुदा सरह जातीय भेदभाव तथा छुवाछुतको घटनामा मेलमीलाप नहुने बताउनुभएको छ । कलैया उपमहानगरपालिका स्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा रेडियो सिमराको आयोजनामा सम्पन्न रेडियो बहस कार्यक्रम जनसरोकारमा बोल्दै उहाँले अन्य घटना जस्तै जातीय भेदभाव तथा छुवाछुतको घटनामा मेलमीलाप नहुने बताउनुभएको हो ।

उहाँले जातीय भेदभाव तथा छुवाछुतको घटनामा संलग्नलाई कुनैपनि हालतमा कानुनको दायरामा ल्याउन प्रहरी पछि नपर्ने दाबी गर्नुभएको छ । साथै कहि कतै कुनै घटनामा प्रहरीले त्यस घटनालाई दबाउन काम गरेको पाइए त्यसलाईपनि कानुनको दायरामा ल्याउने बताउनुभएको छ ।

पछिलो समय बारामा जातीय भेदभाव तथा छुवाछुतको घटना बढ्न थालेपछि त्यसलाई न्युनिकरण गर्ने उदेश्य सहित रेडियो सिमराले आयोजना गरेको बहस कार्यक्रममा यस जील्लामा दलित समुदायसंग गरीएको विभेद तथा छुवाछुतका समस्याहरुलाई कार्यक्रममा उपस्थित भएका सहभागिहरु प्रश्नको रुपमा राखेका थिए ।

रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलको नेतृत्वमा सम्पन्न कार्यक्रममा पुर्ब सहायक मन्त्री कलावती पासवान, । कलैया उपमहानगरपालिका १७ का अध्यक्ष सुगन्ध महतो, रफिक हबारी, रेडियो सिमराका म्यानेजर सत्यप्रकाश श्रेष्ठ, कार्यक्रममा निर्देशक अनिल तिवारी, संचलक सिता अधिकारी, सहकर्मि तुलसा घिमिरे, प्रिती पासवान लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस