आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका पर्यटनको विकास गर्न आवश्यक : प्रमुख संरक्षण अधिकृत महर्जन

AuthorAP Khabar२०७५ पौष १४, शनिबार (५ साल अघि) ४३७ पाठक संख्या

AP डेस्क
जीतपुर, पौस १४ : पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले सामुदायीक बनहरुले कार्य योजना अनुसारको बिधि र विधान अनुसार संचालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बाराको सिमरा स्थित राधा कृष्ण सामुदायीक बन उपभोक्ता समितिको ११ औँ वार्षिक साधारणलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका महर्जनले मध्यवर्ती क्षेत्रमा ब्याप्त कलकारखानाले राष्ट्रिय निकुञ्ज अन्तरगत सामुदायीक बनको मापदण्डमा रहेर संचालन गर्नुपर्ने भएपनि यस क्षेत्रका कलकारखानाले सो अनुसार गरेनगरेको आफुले अनुसन्धान गर्ने जानकारी गराउनुभयो ।

उहाँले अब यस निकुञ्ज क्षेत्रका सदस्यहरुलाई पर्यापर्यटनका लागि उत्प्रेरित गर्न विभिन्न कार्यक्रमको समेत आयोजन ागर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य शोभा कार्कीले बनमा रहेको विरुवालाई संरक्षण गरेर मात्र बनलाईध ना बनाउन सकिने कुरामा जोडदिनुभएको थियो ।

उहाँले पर्यटन प्रबद्धन गर्न अम्लेखगंजको लागि मात्र डिपिआर तैयार गर्न लागेको कुरामा आपति जनाउदै समग्र नगरपालिका लागि पर्यटनको क्षेत्रको रुपमा बिकास गर्ने योजना बनाएर अगाडी बढ्न संबन्धित निकायलाई अनुरोध गर्नुभएको थियो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले सामुदायीक बनको पहिलो कार्य बन संरक्षण रहेको बताउनुभएको थियो । उहाँले बन संरक्षण गर्न के गर्नुभयो ? एक वर्षमा कति खर्च र आम्दानी भयो र आगाभी वर्षको योजना के छ ? भन्ने कुरालाई ध्यानमा राख्न सके मात्र सम्भव रहेको जीकिर गर्नुभएको थियो ।

उहाँले बन संरक्षणमा लागेकाहरुले अब काठ बेचेर मात्रै आफ्नो सदस्यको जिवन परिर्वतन गर्ने कुरा सम्भव नरहेको बताउदै अब यस क्षेत्रमा पर्यापर्यटनको विकासबाट सदस्यहरुको जिवनमा आमुल आर्थिक परिवर्तन गर्न आवश्यक रहेको दाबी गर्नुभएको थियो ।

राधा कृष्ण सामुदायीक बनका अध्यक्ष चोलाबहादुर पण्डितको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज ब्यवस्थापन समितिका सदस्य राजकुमार मानान्धर, राधाकृष्ण सामुदायीक बनका पुर्व अध्यक्ष नरेन्द्र थापा, पुर्व गाविस अध्यक्ष भोला अधिकारी, रोडियो सिमराका कार्यकारी निर्देश मनोज पौडेल, भिमेश्वर सामुदायीक बनका अध्यक्ष पेशल मुल्मी लगाएतको सहभागिता रहेको थियो ।

रामप्रसाद पोखरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा कल्पना बुढाथोकीले शुभकामना मन्तब्य राख्नुभएको थियो । भने समितिले आफ्ना सदस्यहरुलाई विभिन्न विधा अन्तरगत सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस