आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ३६८ पाठक संख्या

कञ्चनपुर  , पौष १५ :  महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ ।

प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो । प्रदेश सांसद, नेपाली कांग्रेस, नेकपा र तिनका विद्यार्थी संगठनले नगर विकास समितिको जमिनमा अवैध रूपमा निर्माण भइरहेका संरचना भत्काउन र निर्माणमा रोक लगाउनुपर्ने माग अघि सारेर गत साता जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाएपछि प्रहरीले सार्वजनिक मुद्दा दायर गरी दोषीलाई पक्राउ गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सरकारी जमिन हडपेको आरोपमा आदेशानुसार पक्राउ गरी मुद्दा चलाएको बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा ललित जोशी, पदमराज जोशी, मेघराज जोशी, धुव्रराज भट्ट, यज्ञराज ओझा, कमलापति भट्ट, मीना जोशी, रामनाथ योगी, हर्कबहादुर खडायतलगायत रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेर एक महिनाभित्र बनेका संरचना हटाएर लैजाने आदेश दिने त्यसका विपरित रातिका बेला आएर घर तोड्ने र पक्राउ गर्ने कार्य गरिएको खोकाछाप्रा समितिका खेमराज ओझाले बताउनुभयो ।

यसैबीच, जमीन प्रकरणको समाचार संकलन गर्न गएका नेपाल टेलिभिजनका पत्रकार पदम बोहरामाथि प्रहरीले फोटो खिचेको भन्दै कुटपिट गरेको छ । आफू रिपोर्टिङमा आएको भन्दाभन्दै पनि प्रहरीले गाली गर्दै क्यामरा तोडिदिएको पत्रकार बोहराले बताउनुभयो । पत्रकारमाथि कुटपिट भएपछि नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले यस्तो प्रहरी कदम निरंकुशताको पराकाष्ठा भएको बताउनुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस