आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेविसंघमा विवाद, सचिवले गरे जिल्ला अधिवेशन

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ३६३ पाठक संख्या

महोत्तरी  , पौष १५ :  नेपाल विद्यार्थी संघ महोत्तरीमा विवाद देखिएको छ । आज पौष १४ गतेका लागि निर्धारित जिल्ला अधिवेशन जिल्ला अध्यक्ष रोशन ठाकुरले शनिबार विज्ञप्ति निकाली तत्कालका लागि स्थगन गरेपछि विवाद सिर्जना भएको हो ।

जिल्ला सचिवको नेतृत्वमा अहिले बर्दिवासस्थित कभर्ड हलमा कार्यक्रम संचालनमा रहेको छ । आज चलिरहेको अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष कल्याण गुरुङ प्रमुख अतिथि रहनुभएको छ भने विशेष अतिथिमा प्रदेश २ का सांसद किरण यादव रहनुभएको छ ।

जिल्ला सचिव आशुतोष झाले स्थगनको बारेमा आधिकारिक जानकारी नआएकोले जिल्ला अधिवेशनले निरन्तरता पाएको बताउनुभयो । झाकै अध्यक्षतामा जिल्ला अधिवेशन शुरु भएको छ ।

नेविसंघका केन्द्रीय सदस्य तथा जिल्ला अधिवेशनका लागि तोकिएका केन्द्रीय प्रतिनिधिले समेत जिल्ला वा केन्द्रबाट कुनै विज्ञप्ति वा पत्रबारे आफूलाई आधिकारिक जानकारी नभएको र केन्द्रले नै आफूलाई तालिकासहित प्रतिनिधि तोकेर पठाएको तथा जिल्लामा समेत आफ्नै रोहबरमा भएको बैठकले आज जिल्ला अधिवेशनको मिति तोकेकोले सोहीबमोजिम अधिवेशन शुभारम्भ भएको बताएका छन् ।

यसबारे जिल्ला अध्यक्ष ठाकुरले विभिन्न कारणले अधिवेशन स्थगित गनुपरेको र चाडै नैं अधिवेशन गर्ने बताउनुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस