आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बन्धक बनाइएका नौ महिलाको उद्धार

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ६१९ पाठक संख्या

कपिलवस्तु  , पौष १५ :  सात महिनादेखि बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा राखिएका महिलाको उद्धार गरिएको हो ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको छ । उद्धार गरिएका महिलाहरु रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका रहेका छन् । उनीहरुलाई केआई नेपालको प्रयासमा बिहीबार उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ ।

सुनौली तथा काँकडभिट्टा सीमानाकाबाट विभिन्न बहानामा सीमापार गराइएका उनीहरुलाई भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको महिलाको भनाइ छ ।

केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस