आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अग्नीपीडित न्यौपानेगाउँलाई प्रतिपरिवार पाँच लाख

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ४५२ पाठक संख्या

सुर्खेत , पौष १५ : कालीकोटको पलाता गाउँपालिका-१ न्यौपानेखाडा गाउँका अग्नीपीडितलाई सरकारले प्रतिपरिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले अग्नीपीडित परिवारलाई घर निर्माणका लागि सहयोग गर्न लागेको हो ।

शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अग्नीपीडित परिवार पुनःस्थापना गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने जानकारी दिनुभयो ।

सरकारको प्रवक्ता समेत रहेकी मन्त्री केसीले अग्नीपीडितलाई सहयोग गर्न चाहने संघसंस्था र व्यक्तिसँग आवश्यक समन्वय गरेर सहयोगको वातावरण बनाउने बताउनुभयो । उहाँले अग्नीपीडित कोष स्थापना गर्ने र कार्यविधि बनाएर पीडितलाई सहयोग गर्न चाहने सहयोगी दातालाई सहयोगको लागि अपिल समेत गर्नुभयो ।

घर बनाउनको लागि प्रदेश सरकारले आफ्नै कोषबाट रकम दिने र केही रकम पीडितले पनि खर्च गर्नुपर्ने बताएको छ । सरकारले तत्कालका लागि प्रतिपरिवार २० हजार नगद र अरु आवश्यक राहत सामग्री दिइसकेको छ ।

यसैबीच, अग्नीपीडितको राहतस्वरुप अमेरिका बस्दै आएकी समाजसेवी जयन्ती थापाले व्यक्तिगत रुपमा पन्ध्र हजार आर्थिक सहयोग गर्नुभएको छ । उहाँले कैलालीको लम्कीस्थित यूथ लिडरसीप कर्नरमार्फत् सहयोग रकम पठाउनुभएको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस