आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ४८९ पाठक संख्या

काठमाडौं , पौष १५ :  ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादन’ भन्ने नारासहित १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी शुक्रबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा जुत्ता, चप्पललगायतका स्टल राखिएका छन् । प्रदर्शनमा स्वदेशी जुत्ता चप्पलको व्यावसायिक प्रदर्शन गर्ने तथा स्वदेशी उद्योगलाई प्राथमिकतामा राखिएको छ ।

फुटवेयर सम्बन्धी उत्पादनलाई प्रवर्द्धन गर्न सके नेपालको ५० प्रतिशत बेरोजगार हल गर्नसक्ने अनुमान गरिएको छ ।नेपाली उत्पादनले ६५ प्रतिशत बजार माग पूरा गर्दै आएको छ । नेपाली बजार बाहेक एक करोड २५ लाख मूल्य बराबरको उत्पादन निर्यात हुँदै आएको छ । प्रदर्शन सात दिनसम्म चल्नेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस