आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ए डिभिजन लिग १२ औं चरण खेल सोमबारदेखि

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ४३२ पाठक संख्या

काठमाडौं  , पौष १५ :  राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२ औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् । एघारौं चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औं चरणका खेल सोमबारदेखि हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । सोमबार र मङ्गलबार तीन÷तीन खेल हुने र बुधबार एक खेल हुनेछ ।

पहिलो खेलमा न्यूरोड टीम एनआरटीले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुनेछन् ।  तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ । प्रतियोगिता हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।

एघारौं चरणका खेल सकिंदासम्म मनाङ मस्र्याङ्दी क्लब लिग विजेता बनिसकेको छ । उसले दुई खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो । लिगमा शतप्रतिशत नतिजासहित ३३ अङ्क जोडेको मनाङले ११औँं चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै आठौं पटक लिग च्याम्पियन बन्यो ।

उपाधिसँगै मनाङले ५० लाख पक्का गरेको छ । मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ । लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सङ्कटा क्लब २५ अङ्कसाथ दोस्रो स्थानमा छ भने थ्रिस्टार क्लब २३ अङ्कसाथ तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी २१ अङ्कका साथ चौथो र १८ अङ्कका साथ नेपाल पुलिस क्लब पाँचौं स्थानमा छ ।

त्यसैगरी १७ अङ्कसहित हिमालयन शेर्पा छैठौं, समान १७ अङ्क जोडेको सशस्त्र प्रहरी बल एपिएफ सातौं, १५ अङ्कसहित च्यासल युथ क्लब आठौं र ११ अङ्क जोडेको जावलाखेल युथ क्लब नवौं स्थानमा छ । दश अङ्क रहेको सरस्वती दशौं स्थानमा छ भने ९ अङ्क जोडेको फ्रेण्डस क्लब एघारौं स्थानमा छ । त्यस्तै ६÷६ अङ्क रहेको मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब क्रमशः १२ औं र १३ औंस्थानमा छन् । न्यूरोड टीम एनआरटी पाँच अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस