आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भकुण्डेबेँसीमा बन्ने भयो हिन्दू विश्वविद्यालय

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ६२१ पाठक संख्या

काठमाडौं  , पौष १५ :  काभ्रेको भकुण्डेबेँसीमा नेपाल स्थापना हुने भएको छ । विश्वविद्यालय महामना मालवीय मिशनले बनाउन लागेको हो ।

महामना मालवीय मिशन, बनारस हिन्दू विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको संस्था हो । मिशनले आइतबार राधानीमा कार्यक्रम गरी हिन्दू विश्वविद्यालय स्थापना गर्न जानकारी गराएको छ । त्यसका लागि जग्गा खरिद गरिसकिएको मिशनले जनाएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विश्वविद्यालय स्थापनाका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अध्यक्ष दाहालले विश्वविद्यालयबाट नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताउनु भयो । उहाँले हिन्दू विश्वविद्यालयले मुलुकको आर्थिक तथा पर्यटन विकासमा समेत योगदान दिने उल्लेख गर्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस