आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजनीतिमा आउने एञ्जेलीना जोलीको संकेत

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ३५४ पाठक संख्या

पौष १६ : हलिवुड अभिनेत्री एञ्जेलीना जोलीले छिट्टै राजनीतिमा प्रवेश गर्ने संकेत गरेकी छिन् । संयुक्त राष्ट्र शरणार्थी एजेंसी की विशेष दूत एंजेलीना जोली शुक्रवार बीबीसीको टुडे प्रोग्राममा जहाँ आवश्यकता हुन्छ आफू त्यहाँ जान तयार रहेको बताएकी छिन् । उनले २० वर्ष अघि राजनीतिमा कुनै चाँसो नभएको प्रतिक्रिया दिएकी थिइन् ।

जोली शरणार्थी, यौन हिंसा र प्रकृतिको संरक्षण लगायतका मुद्दाहरुमा सक्रिय प्रचारकको भूमिका निर्वाह गर्दै आएकी छिन् । बीबीसीको उक्त कार्यक्रममा जोलीसँग अमेरिकी राजनीति, सोशल मिडिया, यौन हिंसा र शरणार्थीको वैश्विक संकटका बारेमा कुराकानी गरिएको थियो ।

अमेरिकी राष्ट्रपति पदका लागि चुनाव लड्न चाहनुहुन्छ भन्ने प्रश्नमा उनले भनेकी छिन्, ‘‘यदि यही कुरा तपाईँले २० वर्ष अघि सोधनुभएको भए मलाई हाँसो लाग्थ्यो होला ।  म सधै भन्दै आएकी छु कि जहाँ मेरो आवश्यकचा हुन्छ म त्यहीँ जान्छु । यदि म राजनीतिका लागि फिट छु भने उतै तिर जान्छु ।’’

उनले आफू सरकार, सेनासँग काम गर्न सक्षम रहेको दाबी गर्दै मन लागेको ठाउँमा गएर धेरै काम गर्न आफू सक्षम रहेको पनि जिकिर गरिन ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस