आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा कार्यदलको बैठक बस्दै

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ४४५ पाठक संख्या

काठमाडौं  , पौष १६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलको बैठक आज बस्दैछ । कार्यदलका संयोजक रामबहादुर थापा बादलको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

सोमबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको विस्तृत खाका बनाउने विषयका साथै पहिले बनाइएका मापदण्डको समीक्षा, विधानका अन्यौलतालगायत विषयमा छलफल गरिने जनाइएको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ ।

समाचार

प्रतिक्रिया दिनुहोस