आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘सरकारले जनहितमा सिन्को भाँचेन’

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ४२० पाठक संख्या

काठमाडौं , पौष १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष राणाले सोमबार आयोजित कार्यक्रममा उहाँले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको स्मरण गराउनुभयो ।

राष्ट्रपति विद्या भण्डारीलाइ सेवा र सुविधाको थप्ने याेजनाप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म सितल निवासलाई सार्ने योजनाप्रति अध्यक्ष राणाको आपत्ति छ । अध्यक्ष राणाले राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएको उल्लेख ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस