आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोस्रो अन्तराष्ट्रिय विमान स्थल निर्माणले गति लिने

AuthorAP Khabar२०७५ भाद्र ३०, शनिबार (५ साल अघि) ६७५ पाठक संख्या

बारा, ३० भाद्र : महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिने भएको छ । मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको भन्दै दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिने भएको हो ।
सरकारले बाराको जीतपुरसिमरामा पर्ने दोस्रो अन्तर्रािष्ट्रय विमानस्थलको कामलाई तिब्र गतिमा अगाडी बढाउने भएको छ । विमान स्थल निर्माण गर्न पहिलो चरणमा चारकिलालाई तारबार लगाउने कामका साथै पसाहा खोलामा तटबन्ध लगाउने काम भैरहेको आयोजना कार्यलय सिमराले जानकारी दिएको छ ।
प्रारम्भिक चरणमा पुर्वाधार प्रस्तावित विमानस्थल निर्माण क्षेत्रभित्र पर्ने साविक करैया गाविस ८ र ककडी १ मा नम्बरी आवादी जग्गाको मुअब्जा वितरणको काम जारी रहेको छ । जस अन्तरगत ककडीको १० विगहा र काँटगाँउको ४६ विगहा गरी यस क्षेत्रमा रहेका १ सय १० विगहा जग्गा मध्ये ५६ विगहाको मोआब्जा वितरण गरी सकेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल कार्यलय सिमराका प्रमुख ई. ओम शर्माले जानकारी दिनुभएको छ ।
उहाँले विमान स्थालमा निर्माणको क्रममा टाँगिया बस्ति ठुलो समस्याको रुपमा देखा परेको बताउदै यस वस्तिलाईपनि स्थानान्तरण गर्न राज्यले केहि सहयोग गर्ने योजना बनाउन लागेको बताउनुभयो । टाँगियामा हाल १ हजार ४ सय ७६ घरधुरी सुकुम्बासी परिवार बस्दै आएका छन् ।

हाल भएको इ.आई.एको रिपोर्ट अनुसार निर्माण क्षेत्र भित्र रहेको १० किलो मिटर लामो र ८ कि.लो. चौडाई भएको भागको रुख कटान गरीने प्रमुख शर्माको भनाई छ ।

यता समितिले निर्धारण गरेको मुअब्जाप्रति असन्तुष्टि राख्दै ककडी र काटँगाउँका १ सय १० विगहा मध्ये ५६ विगहाका १ सय ४१ जनाको गरी ५६ विगहाका धनिले मात्र मुआबजाका लागि कार्यालयमा आएको जनाईएको छ । सरकारले प्रति कठ्ठा २ लाख ४० हजारदेखि ४ लाख ६० हजार रुपैया मुअब्जा दिने गरी दर निर्धारण गरेको छ । राज्यले चलनचल्तीको हिसाबले मुआब्जा निर्धारण नगरेकोले आफुहरुलाई समस्या हुने गरेको स्थानिय रमानन्द मण्डलको गुनासो छ ।
अन्तराष्ट्रिय विमानस्थलमा पर्ने रुख कटानको लागि पनि सम्बन्धित मन्त्रालयगत काम अगाडी बढेको आयोजनााका प्रमुख शर्माले बताउनुभएको छ । रुख कटानको आदेश आए लगतै नेपाली सेनाको सहयोगमा काम अगाडी बढने बताउनुभएको छ । हाल भएको इ.आई.एको रिपोर्ट अनुसार निर्माण क्षेत्र भित्र रहेको १० किलो मिटर लामो र ८ कि.लो. चौडाई भएको भागको रुख कटान गरीने प्रमुख शर्माको भनाई छ ।
निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको ०६४ माघको सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४–६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्रा्ष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस