आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यालय पठाउँदा सन्तानमा विभेद

AuthorAP Khabar२०७५ पौष १७, मंगलबार (५ साल अघि) ४७७ पाठक संख्या

AP डेस्क
जीतपुर, पौष १७ : प्रदेश नम्बर २ का प्रदेश सभासदस्य ज्वालाकुमारी साहले छोरा र छोरी बिच अध्ययनमा रहेको विभेद अन्तय गर्न सबैलाई आग्रह गर्नुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित जनता मावि रजघट्टाको ३३ औ वार्षिकोत्सव तथा ३४ औ अभिभावक दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा बोल्दै प्रदेश सभासद् साहले हाम्रो समाजमा घरदेखि विद्यालय सम्म छोरा र छोरी बिच विभेद हुदैँ आएकोले यस्तो कार्यलाई निर्मुल पार्न सबै अभिभावकसंग आग्रह गर्नुभएको छ ।

उहाँले समाजमा ब्याप्त रहेको विभेद अन्त्य गर्न र वालवालिका तथा महिलामाथि हुने हिंसात्मक घटनामा संग्लनलाई फाँसीको सजायको व्यवस्था कानुनमै गर्न आफुले प्रदेश सरकारलाई दवाव दिएको बताउनुभएको छ ।

पूर्व राज्यमन्त्री समेत रहनुभएकी साहले अन्य प्रदेशको तुलनामा प्रदेश नं २ मा वालिका तथा महिलामाथि अपहरण तथा जर्वरजस्ती करणी, हत्याका घटना सबैभन्दा बढि भएकोले संघिय कानुनमै यस्ता घटनामा संग्लनलाई फाँसीको व्यवस्था हुनेगरी कानुन बनाउन आफुले प्रदेश सरकारलाई दवाव दिएको जानकारी दिनुभयो ।

“छोराछोरीमा विभेद गरी सामुदायिक र निजी बोडिङ्ग स्कुल पठाउने खालको विभेदकारी चिन्तनको अन्त्य गर्न अभिभाव आफै जागरुप हुनुपर्दछ , अहिले सामुदायिक विद्यालयहरु पनि धेरै सुविधा सहित अंग्रेजी माध्यमवाट पनि सञ्चालन भएका छन् तपाईहरु त्यसको सहि सदुपयोग गर्नोस् ” उहाँले भन्नुभयो ।

जीतपुरसिमरा वडा नं १४ का वडाध्यक्ष रामशरण बतौलाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रसका पूर्व सभासद् शोभाखर पराजुली, शिक्षा विकास निर्देशनालय प्रदेश नं २ प्रमुख रमाकान्त शर्मा , शिक्षा विकास निर्देशनालयका उपसचिव गोपाल पनेरु, नेकपा बाराका वरिष्ठ नेता क्षेत्रबहादुर श्रेष्ठ (अनिल) जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, नेपाल राष्टिय मावि डुमरवानाका प्र.अ. अक्षय चौधरी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जनता मावि रजघट्टा, प्राविधिक शिक्षालयका प्र.अ.पशुपति घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रअ राजु अधिकारीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस