आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नासाको ठूलो सफलता, सौर्यमण्डलको बाहिरी हिस्सामा रहेको पिण्डको तस्बिर खिच्यो

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ३२० पाठक संख्या

पौष १८ : वैज्ञानिकले सौर्यमण्डलको बाहिरी हिस्सामा रहेको पिण्डको निकै नजिकबाट पृथ्वीमा सम्पर्क गरेको बताएका छन् ।

अमेरिकी स्पेस एजेन्सीको अभियान ‘न्यू होराइजन्स’ले सौर्यमण्डलको बाहिरी हिस्सामा रहेको ‘अल्टिमा टूली’ नामको पिण्डको नजिकै पुगेको वैज्ञानिकले दावी गरेका हुन् । अल्टिमा टूलीको नजिकै पुग्दा पृथ्वीसँगको दूरी ६ दशमलब ५ अर्ब किलोमिटर रहेको बिबिसीले जनाएको छ ।

न्यू होराइजन नामको रोबेटिक स्पेसक्राफ्टले अल्टिमा टूलीको नजिकै पुगेको बेलामा यो पिण्डको थुप्रै तस्बिर खिचेको र महत्वपूर्ण जानकारी पनि लिएको छ । यो अन्तरिक्ष यानले अब अरु तस्बिर र जानकारी अबको केही महिना पृथ्वीमा पठाइरहने खबरमा उल्लेख छ ।

अन्तरिक्ष यानबाट पठाइएको रेडियो सन्देश स्पेनको मड्रिडमा लगाइएको नासाको एन्टेनामा रेकर्ड भएको थियो । यो सन्देशलाई पृथ्वी र अल्टिमाबीचको लामो दूरी तय गर्न ६ घण्टा आठ मिनेट लागेको थियो ।

सिग्नल रिसिभ भएसँगै मेरिल्याण्डमा रहेको जोन होप्किन्स विश्वविद्यालयमा रहेको एप्लाइड फिजिक्स ल्याबरेटरीमा उत्साहमा ताली बजाएर खुशियाली मनाइएको थियो ।

 

अल्टिमाकाे प्रतिकात्मक तस्बिर, वैज्ञानिकहरुले यसै वर्ष अल्टिमाको वास्तविक तस्बिर प्राप्त हुने बताएका छन्अल्टिमाकाे प्रतिकात्मक तस्बिर, वैज्ञानिकहरुले यसै वर्ष अल्टिमाको वास्तविक तस्बिर प्राप्त हुने बताएका छन्

अभियानका अपरेसन म्यानेजर ऐलिस बोमेनले भने, ‘हाम्रो एयरक्राफ्ट सुरक्षित छ । हामीले सबैभन्दा टाढा फलाइबाई गर्नमा सफलता हासिल गरेका छौँ ।’
फलाइबाईको अर्थ कुनै स्थान वा बिन्दुको नजिक भएर गुज्रनु हुन्छ ।

यो अध्ययनबाट काइपर बेल्टमा अल्टिमाजस्ता हजारौँ पिण्ड रहेको अनुमान गरिएको छ । यसबाट आजभन्दा ४.६ अर्ब वर्ष पहिलेको अवस्था कस्तो थियो भन्ने पनि पत्ता लाग्ने बताइएको छ । त्यो समय सौर्यमण्डल निर्माण भएको समय हो ।

न्यू होराइजन्स र पृथ्वीबीचको दूरी निकै टाढा छ । स्पेसक्राफ्टमा १५ वाटको ट्रान्समिटर लगाइएको छ । यसको अर्थ डाटा आउने काम पनि निकै सुस्त गतिमा हुन्छ । डाटा आउने काम एक किलोबिट प्रतिसकेन्डको गतिमा हुन्छ ।

यस्तो अवस्थामा यो स्पेसक्राफ्टले जति पनि तस्बिर खिचेको छ, त्यो पृथ्वीसम्म आउनलाई झण्डै २०२० सेप्टेम्बर महिनासम्म पर्खनुपर्ने वैज्ञानिकहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस