आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेलिकाेप्टरमा ढुवानी गरिँदै विस्फोटक पदार्थ

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ९७६ पाठक संख्या

हुम्ला , पौष १८ :हुम्लामा नेपाली सेनाको हेलिकाेप्टरमार्फत विस्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ ।

कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न लागिएको हो ।

हेलिकाेप्टरमार्फत मंगलबारदेखि ढुवानी गर्न थालिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इञ्जिनियर शशाङ्क मिश्रले जानकारी दिनुभयो ।

काठमाडौंबाट सुर्खेतहुँदै विष्फोटक पदार्थ हुम्ला ढुवानी गरिएको हो । सो विस्फोटक पदार्थ सिमकोट–हिल्सा, खार्पुदेखि सुनाखाडा र छारेदेखि सलिसल्लासम्मको सडक निर्माणमा प्रयोग गरिने मिश्रले बताउनुभयो ।

समाचार

प्रतिक्रिया दिनुहोस