आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माइनस १७ डिग्री सेल्सियस तापक्रमका बीच भवनको भग्नावशेषबाट ११ महिने बालकको जीवितै उद्धार

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) २८० पाठक संख्या

रुस , पौष १८ : रुसको माग्नितोगोर्स्क शहरमा यतिबेलाको तापक्रम शून्यबाट १७ डिग्री सेल्सियससम्म झरेको छ ।

सोमबार यहाँ भएको ग्यास विस्फोटका कारण एउटा भवन ध्वस्त भएको थियो । उद्धारकर्मीहरुलाई चिसोका कारण पनि उद्धारमा समस्या भएको थियो । तर मंगलबार एउटा सुखद खबर सार्वजनिक भएको छ । उद्धार दलले भवनको भग्नावशेषमा थिचिएकी एकजना ११ महिने बच्चालाई जीवितै उद्धार गरेको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार बच्चा रोएकाके सुनेपछि उद्धार दलले बच्चालाई सबुशल बाहिर निकालेका हुन् । इवान नाम गरेका ११ महिने बालकको अवस्था गम्भीर रहेको र थप उपचारका लागि मस्को पठाइएको बीबीसीले जनाएको छ । उनलाई चिसोले समातेको छ । साथै टाउकोमा चोट लागेको छ भने, खुट्टा फ्रयाक्चर भएको छ ।

 

रुसी अधिकारीहरुका अनुसार इवानकी आमा सकुशल छिन् । उनले अस्पतालमा आफ्ना छोरालाई भेटेको पनि रुसी अधिकारीहरुले जनाएका छन् ।
भवनको भग्नावशेषबाट अहिलेसम्म आठ जनाको शव निकालिएको छ । अझै पनि ३६ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । यो भवनमा १२० जना बस्ने गरेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरी जतिसक्दो चाँडो विस्फोटको कारण पत्ता लगाउन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

– उज्यालोबाट

प्रतिक्रिया दिनुहोस