आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोस्रो सिमरा महोत्सब : एक लाख दर्शक, तिन करोड बढीको कारोबार

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ५३७ पाठक संख्या

सिमरापौष १८ :  बाराको सिमरा रंगशालामा पुस ६ गतेदेखी १६ गतेसम्म आयोजना गरिएको दोस्रो सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव’ सोमबार सम्पन्न भएको छ ।

सिमरा फाउण्डेसन सिमराको मुख्य आयोजनामा सिमरामा सम्पन्न भएको महोत्सब करिब एक लाख दर्शकले अवलोकन गरेको सिमरा फाउण्डेसनका अध्यक्ष महम्मद आरिफ हुसेनले जानकारी दिए ।

दर्शकहरुले महोत्सबमा सहभागी हुन काटेको टिकटका आधारमा एक लाख जनाले प्रतक्ष रुपमा मेला अवलोकन गरेको हुनेनले बताए । मेलामा कुल करिब साढे तिन करोडको कारोबार भएको पनी उनले जानकारी दिए ।

यसबर्ष प्रत्यक दिन महोत्सवमा सहभागि हुन आउने दर्शकको मनोरञ्जनका लागि चारदर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम, वाल उद्यान तथा अन्य विभिन्न मनोरञ्जनका साधनहरुको व्यवस्था मिलाईएको थियो ।

६ देखी १६ गतेसम्म १० दिन आयोजना गरिएको मेला सब्य र भब्य रुपमा सम्पन्न भएको आयोजक संस्थामध्य एक औद्योगीक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले बताए । हामिले ‘सोचेभन्दा सौहार्दरुपमा मेला सम्पन्न भयो’, उनले भने आगामी बर्षहरुमा पनी यस किसिमका मेला आयोजना गर्न हौसला मिलेको छ ।’

महोत्सवमा पशुपती शर्मा, रमेशराज भट्टराई, आस्था राउत, दिपक बज्राचार्य, ज्योती मगर, सुनील गिरी, भोजराज काफ्ले, जस्ता चर्चित कलाकारहरुले आफ्नो सांगितिक प्रस्तुती पस्केका थिए ।

सिमरा फाउण्डेशनको मूख्य आयोजनामा सम्पन्न महोत्सवको संयोजन औद्योगिक शान्ति नेपाल काठमाडौं र सिमराको हाम्रो समन क्याम्पले गरेको थियो । यस्तै सिमरा स्थित नवदुर्गा यूवा क्लब, भेट्रान्स क्लब, विकाशशिल यूवा क्लब र जनहित उपभोक्ता समिति महोत्सवको आयोजकका रुपमा रहेका थिए् ।

प्रतिक्रिया दिनुहोस