आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईलाका प्रशासन सिमराका कर्मचारी घुस सहित रंगेहात पक्राउ

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ४३७ पाठक संख्या

सिमरापौष १८ :  ईलाका प्रशासन कार्यालय, सिमरा बारामा कार्यरत कम्प्यूटर सहायक  राज्यनारायण साहलाई घुस सहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस लिएको नगद १५ सय रकम सहित अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाको टोलिले पक्राउ गरेको हो ।

सेवाग्राहीलाई नागरिकता बनादिने विषयमा अर्को जिल्लाबाट विवरण खुलाई पठाउन कागजात माग गर्नका निमित्त निज साहले हिजो केही रकम माग गरेका थिए । सेवाग्राहीले माग बमोजिमको रकम दिने भनेपछि साहले आज सेवाग्राहीलाई बारम्वार फोन गरी काम भईसकेको भन्दै नागरिकता लिन बोलाएका थिए ।

अख्तियार हेटौडाको टोलिलाई सेवाग्राहीले उजुरी गरेपछि अख्तियारको टोलि बारा आईपुगेको थियो ।
पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय, हेटौडा लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस