प्रहरीले युवक पिटे, सडक अवरुद्ध

घटना क्रम समाचार

सप्तरी  पौष १८ : मोटरसाइकल चेकजाँचका क्रममा प्रहरीले एक युवकलाई कुटपिट गरेका छन् । बुधबार बिहान बोदे बरसाईन नगरपालिकाका युवक गाया चौधरीमाथि कुटपिट भएको हो ।

कुटपिटपछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्ड अवरुद्ध गरेका छन् । चौधरीका आफन्तले कुटपिटमा संलग्न प्रहरीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ । अहिले प्रहरीको सक्रियतामा सडक खुलाउने प्रयास जारी रहेको छ ।

समाचार

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *