आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जबरा एक्सनः जोशी धराप !

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ४०० पाठक संख्या

काठमाडौंपौष १८ :  प्रधानन्यायाधीशमा नियुक्त हुन लाग्नुभएका चोलेन्द्रशमशेर जबराले संसदीय सुनुवाई समितिबाट अस्विकृत विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग गर्ने हुनुभएको छ । जबराले अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने आफ्नो सपथग्रहण समारोहमा समेत जोशीलाई सहभागी नगराउन भन्नुभएको स्रोतले जनाएको छ ।

अहिले सवा १० बजे राष्ट्रपतिबाट प्रधान न्यायाधीश जबराले पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ । सर्वोच्च अदालतमा हुने प्रधानन्यायाधीशको स्वागत कार्यक्रममा समेत जोशीलाई सहभागी नगराउन मुख्य रजिष्ट्रार राजन भट्टराईलाई मौखिक आदेश दिएको प्रशासन स्रोतले जानकारी दिएको छ ।

जबराले जोशीलाई पेशी पनि नतोक्ने हुनुभएको छ । संसदीय सुनुवाईमा सदस्यले सोधेको प्रश्नको जवाफ दिँदै जबराले संविधान र संसदीय सर्वोच्चतालाई आफूले सम्मान गर्ने बताउनुभएको थियो । सोहीवमोजिम संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भई न्यायाधीश हुने योग्यता र क्षमतामा प्रश्न उठेका जोशीलाई न्यायिक प्रक्रियाबाट अलग गर्न लागिएको जबरा निकट स्रोतले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस