आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चोरी गर्ने समूह पक्राउ

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ४२१ पाठक संख्या

धनुषा  पौष १८ : प्रहरीले विभिन्न चोरीका घटनामा संलग्न मुख्य समूहलाई पक्राउ गरेको छ । पक्राउ परेका तीन जनालाई बुधबार सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ महावीरचोक बस्ने वर्ष २२ का अभिमन्युकुमार साह, महोत्तरी औरही नगरपालिका-३ सोनामाई बस्ने वर्ष १८ का रमेशकुमार यादव र धनुषा औरही गाउँपालिका-१ बस्ने वर्ष २१ का मोहमद इलियाकत राईन रहेका छन् ।

उनीहरुको साथबाट लाखाैं मूल्यबराबरका चोरी गरिएका सामान बरामद गरिएको छ । सामानहरुमा ५५ ईन्चको एलइडी टिभी, ल्यापटप, मोबाइल ६ थान, खुकुरी १ थान, सुन र चाँदीले बनेका दर्जनभन्दा बढी गरगहना, ढोकामा लगाउने पर्दा १० थान, अक्सिजन ग्याँस सिलिण्डरलगायत छन् ।

जेठदेखि मंसिरसम्म जनकपुरधामलगायत जिल्लाका विभिन्न स्थानमा चोरीका घटनामा यो समूह संलग्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई धनुषा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस