आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘जोशी जी म पनि दुःखी छु’

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ५३६ पाठक संख्या

काठमाडौं पौष १८ : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई अदालतलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले न्यायालयलाई विवादमा नपार्न जोशीलाई आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश जबराले भन्नुभयो– ‘उहाँलाई अदालतले सम्मान गरेको छ, तर अदालतलाई नै बन्दी बनाउन मिल्दैन लामो समयदेखि विवादको चपेटामा परेको अदालतलाई निकास दिनुपर्छ उहाँले राजीनामा दिनुपर्छ ।’ पत्रकारहरुको जिज्ञासामा उहाँले अब जोशीलाई पेसी नतोकिने स्पष्ट पार्नुभयो । ‘उहाँलाई बुधबार पनि पेशी तोकिएन भबिष्यमा पनि तोकिँदैन ।’

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा प्रश्न उठेकाले आफूले गम्भीर निर्णय लिएको पनि प्रधानन्यायाधीश जबराले बताउनु भएको छ । अदालत कुनै पनि मानिसको आशाको अन्तिम बिन्दु भएको भन्दै उहाँले त्यो आशालाई मार्न कसैलाई छुट नहुने उल्लेख गर्नुभयो । अदालतको जनआस्थामा भारी बृद्धि गर्नुपर्ने चुनौति रहेको बताउँदै प्रधानन्यायाधीश जबराले हाल उठेका समस्या र प्रश्नहरुमाथि चाँसो राख्नुपर्ने औल्याउनुभयो ।

आफूले संसदीय सुनुवाइ समितिमा पनि यस विषयमा प्रतिवद्धता जनाएर आएको उल्लेख गर्दै उहाँले सार्वभौम संसदको निर्णय मान्नुपर्ने पनि बताउनुभयो । बरिष्ठ न्यायाधीश जोशीलाई आफूले नभई सम्मानित संसदीय सुनुवाईले अस्विकृत गरेको भन्दै जबराले सार्वभौम सम्पन्न समितिको निर्णय मान्नुपर्ने बताउनुभयो । आफूलेपनि समितिका सदस्यरुलाई बाचा गरेको उल्लेख गर्दै उहाँले सम्मानित अदालतबाट कुरुप अनुहार बनाएर नबाहिरिने दाबी गर्नुभयो ।

आफूले सबै नागरिक, पत्रकार, सेवाग्राही, कानून व्यवसायी र सबै न्यायाधीशको भावनाअनुसार कठोर निर्णय लिएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले आफ्ना सहपाठी जोशीविरुद्ध यस्तो निर्णय गर्दा दुखी भएको बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस