आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जगदम्बा स्टिलले अत्यधिक प्रदुषण गरेको वातावरण विभागको दाबी

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ९४८ पाठक संख्या

AP डेस्क
जीतपुर, पौस १८  :बाराको सिमरामा रहेको जगदम्बा स्टिल प्रा.लि. सिमराले अत्यधिक प्रदुषण फालेको भन्दै उधोगलाई प्रदुषण नियन्त्रण गर्न नेपाल सरकार वातावरण मन्त्रालय वातावरण बिभागले निर्देशन दिएको छ । स्थानियहरुले आक्रोस ब्यक्त गरेपछि उखेगको निरिक्षणमा आएको नेपाल सरकार वातावरण मन्त्रालय वातावरण विभागको टोलिले उधोगको निरीक्षण पछि उधोगलाई प्रदुषण नियन्त्रण गर्न निर्देशन दिएको हो ।

निरीक्षणका क्रममा उधोगले अत्यधिक प्रदुषण फाल्ने गरेको, नियन्त्रणका लागि जडान गरीएको प्लाण्ट नचलेको, प्रदुषण मापन यन्त्र जडान नगरीएको उधोगको वातावरण बिभागका वातावरण निरीक्षक भुपेन्द्र शर्माले जानकारी दिनुभयो ।
उधोगलाई एक महिना भित्र प्रदुषण रहित बनाएर बिभागमा उपस्थित हुन उधोगका प्रतिनिधि आनन्द नेपाललाई सचेत गराइएको शर्मा बताउनुभयो । उधोगको अनुगमन स्थानिय सरकारले समेत गर्न सक्ने वातावरण निरीक्षक शर्माको भनाई थियो ।

जगदम्भा स्टिल उधोगले अत्यधिक प्रदुषण फालेर मानव स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै १९ दिने आन्दोलन गरेका स्थानियबासिले २०७० चैत्र २० गते जिल्ला प्रशासन कार्यालय बाराको रोहवरमा उधोगका संचालक साहिल अग्रवाल र स्थानियको बिचमा प्रदुषण नियन्त्रक बारे सहमती भएको थियो ।

प्रदुषण नियन्त्रक प्लाण्ट जडान गर्ने, कवाड नगलाउने सहमति भएपनि पछिलो समय जग्दाम्बा स्टिलले सहमती विपरीत धमाधम प्रदुषण गर्दै आएको स्थानियहरुले अरोप लगाउका छन् ।

प्रतिक्रिया दिनुहोस