आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विवेकशील साझाभित्र खटपट

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ३५५ पाठक संख्या

काठमाडौँ , पौष १९ : वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवकशील साझा पार्टीभित्र खटपट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै सदस्य र नेतालाई पठाएसँगै असन्तुष्टि सतहमा आएको हो ।

१८ पृष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्ष छ । थापाले पार्टीभित्र शक्तिको चरम केन्द्रीकरण भएको, निषेधको राजनीति भित्रिने माहोल रहेको र सदस्यलाई जिम्मेवारी दिन अनुदारताले दल हराएजस्तो देखिएको टिप्पणी गरेका छन् ।

एक सदस्यले एकीकरणपछि विवेकशीलको नेतृत्वमा आउँदै गरेका युवालाई पुरानो साझा पार्टीका नेताहरूले उचित स्थान नदिएको आरोप लगाए । पार्टीभित्रको अनुदारताका कारण केही सदस्य निष्क्रिय बनेको र केहीले पार्टी छाडेको जनाउँदै उनले भने,‘निर्णय प्रक्रियामा सामूहिक सहभागिता कमजोर बन्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस