आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बकैया खोलालाई च्यानलाईज गर्ने निजगढ नगरपालिकाको तैयारी

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ५०३ पाठक संख्या

डेस्क
जीतपुर , पौष १९ :बारामा रहेको निजगढ नगरपालिकाले बकैया खोलालाई ब्यवस्थित गर्न च्यानलाईज गर्ने भएको छ । बर्षातको समयमा बकैया खोला नजिकैको बस्ति र जंगलमा पु¥याउदै आएको प्रभावलाई रोक्न निजगढ नगरपालिकाले यस खोलालाई च्यानलाईज गर्न लागेको हो ।

नगरपालिकाको कार्यालयले आफ्नो क्षत्रमा पर्ने बकैया खोलालाई सेन्टरमा ल्याउने गरी काम गर्न समिति नै बनाएर अनुगमन समेत शुरु गरेको छ । नगरप्रमुखको नेतृत्वमा गठित समितिले बर्षाको समयमा बकैया खोला नजिकैको बस्तिमा बाढिले पु¥याउदै आएको क्षती न्युनिकरणका साथै नजिकै रहेको जंगललाई समेत संरक्षण गर्ने गरी खोलालाई ब्यवस्थित गर्ने तैयारी स्वरुप अनुगमन गरेको हो ।

खोलाको छेउमा रहेका पुराना ड्यामका साथै बकैयालाई बैज्ञानिक रुपले ब्यवस्थित गर्ने यस कार्यको शुरुवात गर्न लागेको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले जानकारी दिनुभएको छ । उहाँले पछिलो समयमा खोलालाई ब्यवस्थापन गर्नुका साथै खोलामा भएको गिटीबालुवाको प्रयोग नगरपालिकाको मार्फत हुने नियम भएकोले खोलालाई दिगो रुपमा प्रयोग गर्ने गरी काम हुने जानकारी दिनुभयो ।

खोलालाई च्यानेलाईज गरे पश्चात खोला छेउमा रहेको बस्तिमा बाढिको सम्भावना न्युन हुनका साथै खोलाबाट हुने उत्खन्नपनि ब्यपस्थित हुने आशा गरीएको छ । अुनगमनमा नगरपालिकाले गठन गरेको समितिमा रहेका कार्यपालिका सदस्य, विभिन्न राजनितिक दलका प्रमुख, बन समितिका प्रमुख लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस