आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विमानस्थलमा आजदेखि नियमित उडान

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) २६३ पाठक संख्या

काठमाडौं  , पौष १९ : धावन मार्ग मर्मतसम्भारका लागि बन्द गरिएको धनगढी विमानस्थल आजबाट नियमित सञ्चालनमा आउने भएको छ । मंगलबारदेखि उडान बन्द गरिएको विमानस्थल मर्मत सम्भारको काम सकिएपछि आज देखि नियमित रूपमा सञ्चालनमा आउने भएको हो ।

बुधवार बिहान उडान भए पनि दिउँसो केहीबेर बन्द गरेर पुनः सञ्चालनमा आएको प्राधिकरण धनगढी शाखाका प्रमुख तेजबहादुर बुढा थापाले बताउनु भयो ।

विमान स्थल नियमित सञ्चालनमा आउने भएपछि नेपाल वायुसेवा निगमको जहाजले आज बिहान १०ः२५ बजे उडान भर्ने धनगढी विमान स्थलले जनाएको छ । त्यसै गरी बुद्ध एयरले आजै बिहान ८ः१५ बजे र अपरान्ह ४ बजे गरी दुईवटा उडान भर्ने बुद्ध एयरले जनाएको छ । गत मंगलबारदेखि धावन मार्ग मर्मतका लागि भन्दै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि उडानहरू बन्द गरिएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस