आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति भण्डारी विराटनगर जाँदै

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) २९९ पाठक संख्या

काठमाडौं  , पौष १९ : राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जानुहुने भएको छ।  दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी पाउनुभएकी भण्डारीलाई महेन्द्र मोरङ क्याम्पसले अभिनन्दन गर्दैछ ।  राष्ट्रपति भण्डारी आजै बिहान १० बजे सुनसरीको तरहरा कृषि पमको कार्यक्रममा पनि सहभागी हुनु हुनेछ ।

त्यस लगत्तै मोरङ दुलारीमा पूर्वाञ्चल विश्व विद्यालयको रजत महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अपरान्ह २ बजे महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सम्मान कार्यक्रममा सहभागी हुनु हुनेछ ।

राष्ट्रपति भण्डारीले विस २०३९ सालदेखि २०४१ सालसम्म मानविकी सङ्काय अन्तरगत राजनीति शास्त्र अध्ययन साेही क्याम्पसमा गर्नुभएको थियो ।

यसअघि २०७४ साल असार २८ गते पनि राष्ट्रपति भण्डारीलाई अभिनन्दन कार्यक्रम थियो । तर सोही दिन विराटनगरमा बाढी आएपछि कार्यक्रम स्थगित भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस