आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘तपस्वी बमजन अपराधी हो’

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ११६८ पाठक संख्या

काठमाडौं  , पौष १९ :  तपस्वी बनेर नेपालका विभिन्न जंगल चहार्दै हिड्ने रामबहादुर बमजन (लिटिल बुद्ध)माथि नागरिक स्तरबाट प्रहार शुरु भएको छ । बमजनले धर्मका आडमा अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै सामाजिक अभियान्ताले चर्को विरोध जनाएका छन् । उनी अपराधी भएको समेत सावित्री सुवेदीको फेसबुक वालमा पोष्ट भएको छ।

महिलामाथि हिंसा, बलात्कार गर्ने व्यक्तिलाई भगवान मान्ने परम्पराको अन्त्य हुनुपर्ने उनीहरुको माग रहेको छ । बमजनलाई जातीय तवरले संरक्षण गर्न खोज्नु गलत भएको सुवेदीले लेख्नुभएको छ । अपराधीको जात, धर्म, लिङ्ग नहुने भन्दै रामबहादुरलाई कुनै हालतमा बचाउन नसकिने उहाँको तर्क रहेको छ । पछिल्लो केही समय यता बमजनले यातना दिएर राखेकी भनिएकी नानी बाहिरिएपछि यो बिषयको पर्दाफास भएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस