आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालकोटमा प्रहरी प्रभाग निर्माण

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) २९८ पाठक संख्या

भक्तपुर  , पौष १९ : सूर्यविनायक नगरपालिकाको बालकोटमा २ करोड २६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न महानगरीय प्रहरी प्रभागको भवन निर्माण गरिएको छ ।

प्रभागको कार्यालय, ब्यारेक तथा भान्साघर सहितको १९ कोठाका दुई वटा भवनको बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गर्नुभयो ।

२ रोपनी ६ आना २ पैसा क्षेत्रफलमा सूर्यविनायक नगरपालिका – ३ मा निर्माण भएको भवनमा हाल ४० जना प्रहरी कार्यरत रहेको प्रभागका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक सुरेश केसीले जानकारी दिनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस