आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जाडोमा कफी पिउन मनपर्छ ? यस्ता छन् फाइदा

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ३३१ पाठक संख्या

पौष १९ : जाडो भन्ने बित्तिकै धेरैलाई तात्तातो चिया वा कफीको याद आइहाल्छ । अझै विशेषगरि युवापुस्तामा कफीको मोह धेरै बढ्न थालेको छ ।

पन्ध्रौं शताब्दी ताका अरेबियन मुलुक यमनबाट सुरु भएको कफी पिउने सँस्कृति नेपालमा पनि झ्याँगिदै गएको छ ।

केही वर्षयता घरमा मात्रै होइन कुनै क्याफेमा बसेर कफीको चुस्की लिँदै आफ्ना मिल्ने साथीहरुसँग घन्टौं गफिने चलन बढेको छ ।

कफी पारखीहरुलाई नै मध्यनजर गरि खोलिएका क्याफेहरुमा कफीका विभिन्न भेराइटीहरु उपलब्ध हुन्छन् । क्यापेचिनो, क्याफेलाट्टे, अमेरिकानो, एस्प्रेसो लगाएतका भेराइटीहरु नेपालमा धेरै लोकपि्रय छन् ।

नेपालमा पनि कफी पिउने सँस्कृति बढेसँगै विभिन्न कफी हाउसहरुले फ्रेन्चाइजीको रुपमा काठमाडौं बाहिरका अन्य विभिन्न शहरहरुमा पनि शाखा खोल्न थालेका छन् ।

कफीको यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा हामी सबै जानकार छौं । तर, कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ त ?

नियमित कफी पिउने मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । त्यस्तै विभिन्न अध्ययनहरुले पनि कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएका छन् ।

दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।

त्यस्तै कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खाएमा भने तपाईंले कफीबाट पाउने फाइदा कम हुनसक्छ ।

यस्ता छन् नियमित कफी पिउनुका फाइदा

-हालसालै गरिएको एक अध्ययन अनुसार हरेक कप कफीले तपाइर्ंलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।

-कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।

-कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा पनि कफीले राम्रो गर्ने अध्ययनहरुले देखाएका छन् ।

-यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।

यी फाइदाहरुको आधारमा भन्न सकिन्छ, कफीले काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसको सेवनबाट स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा हुन्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन ।

नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस