आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रावलको कटाक्ष–विदेशीसँग लम्पसार परेर देश विकास हुन्छ ?

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ४८१ पाठक संख्या

काठमाडौं  , पौष १९ : सरकार संचालन र नेतृत्वको कार्यशैलीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आउनु भएका नेता भीम रावलले बिहिबार संसदमा पनि कटाक्ष गर्नुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रावलले सरकार जनचाहना अनुसार नचलेको बताउनु भयो । ‘विदेशीसँग लम्पसार परेर देश र जनताको उन्नति हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाबारे सरकारलाई ध्यानाआकर्षण गराउनुभयो । ‘जिएआर कम्पनीले सम्झौता अनुसार गर्छ भनेर आफुलाई आश्वासन दिएपनि अहिले त्यो गलत सावित भएको छ’ उहाँले भन्नुभयो, सुशील कोइराला प्रधानमन्त्री हुँदा मैले सबै नेताहरुबीच यो प्रश्न गरेको थिए । मलाई सम्झौता अनुसार नै काम हुने भन्दै आश्वास दिने काम भयो । सहमति भएको ६८ महिना प्रन्ध दिन बितिसक्दा पनि अझै काम सकिएको छैन ।’

उहाँले जीएमआर कम्पनीले सम्झौता पत्र अरुलाई बेच्न लागेपनि त्यस्को बारेमा चासो नदिनु आफैमा लाजको बिषय बनेको बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस