आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कुसुन्डा भाषा बिस्तार गरिँदै

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ५०१ पाठक संख्या

दाङ , पौष २० : भाषा आयोगले देशबाट लोपोन्मुख भाषाको संरक्षणका लागि भाषा प्रशिक्षण सुरु गरेको छ ।

यसैक्रममा दाङमा कुसुन्डा भाषा प्रशिक्षण सुरु गरेको हो । देशभर १ सय ५५ जना जनसंख्या रहेको कुसुन्डा भाषा बोल्न सक्ने २ जना मात्र रहेकाले अन्यलाई पनि यो भाषा बोल्न सक्ने गराउनलाई भाषा प्रशिक्षण सुरु गरिएको भाषा आयोगले जनाएको छ ।

दाङको लमहीमा ९० दिनसम्म चल्ने भाषा प्रशिक्षणमा कुसुन्डा जातिका १८ जना र गैरकुसुन्डा २ जना गरी २० जनाको सहभागिता रहेको प्रशिक्षक उदय आलेले बताउनुभयो । यसैबीच भाषा आयोगले कुसुन्डा भाषा बोल्ने दुई जना महिलालाई चालु आर्थिक वर्षदेखि मासिक ३ हजार रुपैयाँ भत्ता दिन थालेको आयोगले जनाएको छ ।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले ज्ञानुमाया कुसुण्डा र कमला कुसुण्डालाई ६ महिनाको एकमुष्ठ १८/१८ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

– उज्यालोबाट

प्रतिक्रिया दिनुहोस