आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ३७७ पाठक संख्या

काठमाडौं  , पौष २० : अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाद्वारा शुक्रबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार अन्तिम चरणका खेल यही पुस २१, २२, २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछन् । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुबै खेल हल्चोकस्थित एपीएफ मैदानमा हुनेछन् ।

पुस २२ गते आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा मैदान तथा फ्रेन्ड्स क्लब र मनाङ–मर्स्याङ्दी क्लबबीच हल्चोकमा खेल हुनेछ । पुस २३ गते सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब तथा संकटा र एपीएफबीच खेल हुनेछ । दुवै खेल एन्फा मैदानमा हुनेछन् ।

पुस २३ गते लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्रीस्टारबीच खेल हुनेछ । उक्त खेलसँगै लिगका सबै खेल सकिनेछन् । सोही दिन लिगको समापन समारोह हुनेछ ।

लिगको १२औं चरणका खेल सकिँदासम्म मनाङ–मर्स्याङ्दी विजेता र संकटा उपविजेता भइसकेका छन् । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैठौँले पाँच लाख पाउनेछन् भने फेयर प्ले टिमले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार पुरस्कार दिनेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस