आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीलाई अत्याधुनिक प्रबिधि आवश्यकः महानिरीक्षक खनाल

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ५२७ पाठक संख्या

रौतहट , पौष २० : नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अत्याधुनीक प्रबिधिको अभावका कारण प्रहरीलाई काम गर्न असजिलो भएको बताउनुभएको छ । रौतहटको सदरमुकाम गौरमा शुक्रबार सीसी क्यामेराको उद्धाटन गर्दै महानिरीक्षक खनालले आपराधीक गतिबिधिहरुको अनुसन्धान र नियन्त्रण गर्न सहि प्रबिधि भए सम्भव रहेको बताउनुभयो ।

उहाँले अपाराध नियन्त्रण,अनुसन्धानमा सूचना प्रविधिको अभावमा नेपाल प्रहरीलाई काम गर्न गाह्रो भएको बताउँदै अपराधीले प्रविधिको प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको घटना गराउने गरेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाईनुपर्ने धारणा राख्नुभयो । उहाँले केही आचरण बिग्रिएका प्रहरीका कारण सिंगो संगठननै बद्नाम भईरहेको बताउँदै आचरण सुधार गरेर काम नगर्नेलाई कारवाही गरिने बताउनुभयो ।

समुदायसंग मिलेर शान्ति, सुव्यवस्था कायम गर्न प्रहरी अघि बढिरहेकाले आचरण विपरीत कार्य गर्नेहरु प्रहरी संगठनमा अट्न नसक्ने बताउनुभयो । गौर नपारपालिकाका बिभिन्न १० स्थानमा जडान भएका सीसी क्यामेराले आपराधिक घट्ना नियन्त्रण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

गौर नगरपालिकाको सहयोगमा तीस लाखको लगानीमा क्यामेराहरु जडान गरिएका छन् । जडान भएका क्यामराको कन्ट्रोलोल र निगरानी जिल्ला प्रहरी कार्यालय गौरले गर्नेछ । अत्याधुनिक सिस्टमबाट जडान गरिएका क्यामरा नाइट भिजन भएकोले राति हुन सक्ने आपराधिक गतिविधिलाई न्यून गर्न सहज हुने प्रहरीको भनाइ छ । गौरको विपीचोकदेखि गौर भन्सार कार्यालयसम्मका विभिन्न स्थानमा ती क्यामेराहरु जडान गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय अगाडि, हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय, बैंक रोड, भन्सार कार्यालय तथा सडकका मुख्य चोकहरुमा जडान गरिएको क्यामेराहरुले नगरक्षेत्रको अधिकांश दृश्यहरु कैद गर्ने बताइएको छ । सदरमुकाम गौर भारतको बैरगैनिया बजारसंग सिमा जोडिएको हुनाले सुरक्षाको दृष्टिकोणले अत्यन्त संबेदनशिल मानिन्छ । सीसी क्यामेरा जडान भएसंगै प्रहरीलाई आपराधिक गतिबिधि नियाल्न र रोक्न मद्दत पुग्ने प्रहरीको भनाई रहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस