आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाबु बितेपछि आमा अर्कैसँग, तीन बालकको बिचल्ली

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ५०६ पाठक संख्या

पर्वत , पौष २० : बाबुको निधनपछि आमाले अर्को विवाह गर्दा तीन बालकको बिचल्ली भएको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् ।

धनबहादुरको २०७४ मंसिर १४ गते मृत्यु भयो । धनबहादुरका २ पत्नी थिए । उनको मृत्यु भएको वर्षदिन नपुग्दै पत्नीहरु सावित्री र देवीले आफ्ना बच्चालाई अलपत्र अवस्थामा दोस्रो विवाह गरे । उनीहरुले अर्को विवाह गरेपछि देवीका छोरा विवेक तथा सावित्रीका छोरा विशाल र विश्वास बिचल्लीमा परेका हुन् । बुबाको निधन लगत्तै आमाले अर्को विवाह गरेपछि सहाराविहीन बनेका उनीहरुके पालन पोषणको जिम्मेवारी हजुरबुबा तथा हजुरआमामा सरेको छ ।

आम्दानी नहुँदा बिहान बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौधौ परेको हजुरआमा गौमती दमैले बताउनुभयो । सत्तरी वर्षीय हजुबुबा केदार दमै गाउँमै मजदूरी पेशा गर्दै आउनुभएको छ । ‘काम पाउँदाको दिन र कमाइ भएको दिन तीन नातिले पेट भरिञ्जेल खान पाउँछन् नत्र खानसमेत पाउने अवस्था छैन’ हजुरआमा गौमतीले रुँदै भन्नुभयो, ‘परिवारमा बज्रपात नै भयो ।’

देवीले छोडेकी विशाल १५ वर्षका छन् । उनीअहिले कक्षा ९ मा पढ्छन् । त्यस्तै सावित्रीका छोराहरु १४ वर्षीय विवेक कक्षा ७ र १२ वर्षीय विश्वास कक्षा १ मा अध्ययरत छन् । ग। स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरूलाई नियमित पठनपाठनमा समेत समस्या भएको छ । अहिलेसम्म कुनै निकायबाट पनि सहयोग पाइएको छैन, जाडो महीना छ, गतिलो कपडासमेत लगाउन नपाउँदा बालक झनै समस्यामा परेका छन् ।

अहिलेको निकै जाडोमा गतिलो कपडा लगाउने र ओढ्ने नहुँदा निकै समस्यामा परेको गौमतीले बताउनुभयो । ‘नगरपालिकाले १० हजार सहयोग गरको थियो’ उहाँले भन्नुभयो, ‘त्यो पैसाले छोरा उपचार तथा किरिया गर्दा लागेको ऋण तिरियो । अहिले निकै समस्या छ ।’

प्रमुख जिल्ला अधिकारीमा गुरुदत्त ढकाल आएपछि भने बालबालिकालाई राहत भएको छ । ढकाल वैशाखमा आउनु भएको हो । उहाँले जेठदेखि नै बिचल्लीमा परेका बालकको लागि मासिक रुपमा केही रकम सहयोग स्वरुप उपलब्ध गराउँदै आउनु भएको छ । बिचल्लीमा परेका बालबालिकाले प्रति व्यक्ति २ हजारका दरले मासिक ६ हजार रुपैयाँ पाउने गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस