आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

५५ रुपैयाँको गाई !

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ५३९ पाठक संख्या

पौष २० : सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । नलागोस् पनि कसरी ५५ रुपैयाँमा गाई । वास्तविक घटना हो यो । नेपालको राष्ट्रिय जनावर, विभिन्न धार्मिक प्रयोजनमा गौपूजा अनिवार्य छ । बिशेषतः हिन्दुहरुले गाईको पूजा गर्दछन् । लक्ष्मीको प्रतिकका रुपमा गाईको पूजा हुन्छ । गाई गोरुको हरेक चीज प्रयोगमा आउँछ ।

गौमाता मानव जीवनको एक अंग हो । कृषकहरुका लागि गाई गोरु अभिन्न अंग नै हुन् । नेपालको हरेक ठाउँमा पछिल्लो समय छाडा रुपमा छाडिएका गाई गोरुले समस्या सिर्जना गरेको छ । जसले गर्दा विभिन्न ठाउँमा गाईलाई बिष सेवन गराएर मारेको समाचार समेत आएका थिए । धार्मिक द्वन्द्व निम्त्याउन गाईलाई मार्ने गरेको बहस समेत चल्यो । तर, निकास के हुनसक्छ, गौमाताको संरक्षण सम्वद्र्धन के हुनसक्छ ? कसैले चासो देखाएको जस्तो लाग्दैन ।

प्रसंग कैलाली जिल्लाको जोड्न खोजिएको छ । गाई गोरु पाल्ने मानिसको संख्या नेपालका विभिन्न भुभाग र विश्वमा नै छ । तर, कैलालीलाई उदाहरणका रुपमा पस्किन खोजिएको हो । हिन्दु धर्मावलम्बीहरुले गौमाताको विभिन्न समयमा प्रयोग गर्छन् ।

मानिस मर्दापर्दादेखि पूजासम्म । मानिस मर्दा गाईलाई दान दिने प्रचलन धेरै ठाउँमा रहेको छ । कहिकतै ब्राह्मणलाई दक्षिणा स्वरुप गाईलाई प्रतिक मानी रुपैयाँ दिने चलन पनि छ । तर अधिकांश ठाउँमा गाई नै दिने चलन व्याप्त छ । ब्राह्मणले समेत पैसा दिए खुसी हुनु स्वभाविक हो । गाई दानस्वरुप ल्याउँदा घरमा बाध्न नसक्ने संख्या थुप्रिन्छ । गाह्रो पर्छ ।

गाईको मूल्य कति ? भन्दा सुन्दा नै अचम्म लाग्छ । गाईपालक किसानको घरमा गयो छानेर लैजान मिल्ने गरी गाई हुन्छन् । घटना यस्तो भयो– ब्राह्मणलाई गाई दान गर्नु थियो । अघिल्लो दिनसम्म कुनै चाल थिएन । एका बिहानै गाई खोज्नुपर्ने भयो । गाउँतिर लागियो । मूल्य कम्तिमा ३ हजारमाथि नै हुन्छ होला भन्दै पैसा बोकेर गइयो । अप्ठ्यारो परिस्थितिमा खोज्नुपर्ने, आजै बाहुनलाई दान गर्नु छ ।

कैलालीको टीकापुरस्थित एक ठाउँ जहाँ ४/५ जतिको संख्यामा गाईवस्तु बाँधिएका थिए । गाई किन्ने भन्दै दुईजना आउँछन् । मूल्य सोध्छन् । गाईवालाले केही जवाफ फर्काउँदैनन् । पुनः उनीहरुले गाई चाहिएको भन्दै बुझ्दा गाईमालिकले लैजानुस् न भन्दै दाम्लो निकालेर दिन्छन् । पैसा कति ? दिनुस् न ५०/५५ रुपैयाँ (किलो सराउन) । गाई किन्न आएका दुईजना कानेखुसी गर्छन् र ५५ रुपैयाँ दिएर फर्कछन् ।

यो घटना कैलाली टिकापुरको मात्रै होईन धेरै ठाउँमा यस्तै छ । गाईवस्तु पाल्नेको संख्यामा कमी हुनु र गाईवस्तुको संख्या बढ्दै जानु । धेरै गाईवस्तु छाडा रुपमा छोडिएका भेटिन्छन् । बजार होस् या गाउँ गाईगोरुको व्यवस्थापन हुन सकेको छैन ।

दुहुनु हुन्जेलसम्म पाल्ने बकेर्नु भएपछि छोड्ने चलनले यो समस्या निम्तिएको धेरैको बुझाइ छ । कालान्तरका यस समस्याले विकराल रुप लिनसक्छ । भर्खरै लम्कीस्थित डुडेझारी, अत्तरियाको गोदावरीमा मृत भेटिएका गाईगोरुलाई लिएर निकै बहस भयो । आन्दोलन गरियो । सामाजिक सञ्जालका भित्ता भरिए तर, निकास कसैले दिन सकेन ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस