आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्री रविन्द्र अधिकारीको राजीनामा माग

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ५८३ पाठक संख्या

काठमाडौं , पौष २० : नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागेको छ । नेपाली कांग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद काण्डमा घोटाला गरेको आरोप लागेको भन्दै छानबिनलाई सहज बनाउन नैतिक रुपमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै उहाँले सार्वजनिक लेखा समितिले वाइडबडी विमानमा भएको अनियमितताबारे ठोस धारणा बाहिर ल्याउन नसक्नु दुखद रहेको बताउनुभयो । ४ अर्ब ३५ करोड वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो छानबिन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गर्नुभयो । कांग्रेस सांसद आलेले वाइडबडी विमान खरिदमा संसदीय उपसमितिले दोषी

ठह¥याएकाहरुलाई तत्काल कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस