आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शुल्क बृद्धिको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ३०९ पाठक संख्या

दाङ , पौष २० : उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको शुल्क बृद्धि तत्काल कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता सुदिप गौतम, स्वास्थ्यकर्मी पदम गौतम र नेकपाका नेता विवेक श्रेष्ठले दायर गरेको रिटको शुक्रबार सुनुवाई गर्दै उच्च अदालतले मुख्य न्यायाधीश नहकुल पौडेलको इजलासले शुल्क बृद्धि तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘संबिधान प्रदत्त स्वास्थ्य सम्बन्धि हकको उपभोगमा आघात पुग्नुका साथै उल्लेखित कानुनी व्यवस्थाको समेत उलंघन हुन जाने देखिएकाले निवेदनको अन्तिम टुंगो नलागेसम्म स्वास्थ्य सेवामा शुल्क सम्बन्धी प्रतिष्ठानको निर्णय नगर्नु नगराउनु ।’

शुक्रबारको सुनुवाईमा रिट निवेदकका तर्फबाट अधिवक्ता सुदिप गौतमले बहस गर्नुभएको थियो । यसअघि प्रतिष्ठानले चर्को सेवा सुल्क बढाएको थियो भने शुल्क बृद्धिको निर्णयको चौतर्फी बिरोध भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस