आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महाप्रबन्धक कंसाकारलाई मोसो दलियो !

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ४३७ पाठक संख्या

काठमाडौं , पौष २० : नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि मोसो दलिएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को युवा संगठनले उहाँमाथि दुर्व्यवहार गरेका छन् ।

वाइडबडी खरिदमा भ्रष्ट्राचार गरेको भन्दै मोसो दलिएको हो ।

यसैबीच लेखा समितिको बैठकमा वाइडबडी प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न गठित उपसमितिका सदस्यसमेत रहेका संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले निगमका महाप्रवन्धक भ्रष्टाचारका महानायक भएको बताउनु भएको थियो। यादवले वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्ने सबैभन्दा ठूला व्यक्ति कंसाकार नै भएको दाबीसमेत गर्नुभयो। उहाँले भन्नुभयो, ‘सुगतरत्न कंसाकार भ्रष्टाचारको महानायक हो, भ्रष्टाचारीलाई जसरी पनि कारबाही हुनुपर्छ ।’

शुक्रबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद यादवले कंसाकार पूर्वराजा ज्ञानेन्द्र भन्दा पनि तगडा रहेको प्रतिक्रिया दिनुभयो । पूर्वराजाभन्दा तगडा सुगरत्न भएको र उनको विरुद्धमा कर्मचारीहरु पनि बोल्न डराउने यादवले बताए । आफूले केही कर्मचारीहरुसँगको कुराकानीमा यस्तो पत्ता लगाएको उहाँले बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस