आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

द हेल्पेज नेपाल नामक गैर सरकारी संस्थाको समुद्धघाटन

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४३७ पाठक संख्या

वीरगंज ,पौष २१ :  वीरगंज महानगरपालिकाको वडा नं. १३, राधेमाईमा एक समाहरोहका बिच संस्थाको समुद्धघाटन गरिएको हो । राधेमाई मन्दिरको सभाहलमा भएको समाहरोहमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार भुषालले दिप प्रज्वलीत गरिएको संस्थाको समुद्धघाटन गरेका छन ।

उदघाटन समाहरोहलाई सम्बोद्धन गर्दै प्रमुख प्रशासकिय अधिकृत भुषालले संस्थालाई सुभकामना दिदै गैर सरकारी संस्थाहरु संग हातेमालो गरी महानगरपालिका अगाडी बढन तयार रहेको वताए । वीरगंजलाई समृद्ध बनाउन हातोमाले गरी अगाडी बढनु पर्ने भुषालले जोड दिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका भुषालले संस्था चलाउन सजिलो नभएको वताउदै उर्जावान भएर अगाडी बढे सफल हुने वताए ।

कार्यक्रमका बिशिष्ट अतिथी पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापाले फलामको चिउरा चपाउने जस्तो संस्था चलाउने कुरा भएको वताए । समयको व्यवस्थापन गर्दै साहसका साथ अगाडी बढे सफल हुने थापाको भनाई थियो । उनले नितिगत निर्णय गरी अगाडी बढनु पर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष अनिल यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष इब्राहिम देवान, शिक्षिका शशिलत्ता गिरी, लियो क्लब अफ वीरगंजकी उपाध्यक्ष अंजली गर्ग, पत्रकारद्वय तिवारी यादव, शम्भु कुमार सुमन, विद्धार्थी नेता इशक कुमार, मित्रदेव यादव, मानव सेवा आश्रम वीरगंजका संयोजक दिवेश गुप्ता, रिषव अग्रवाल, अपसना खातुन, संजु चौधरी, जितेन्द्र गुप्ता लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष दिपेन्द्र यादवले कार्यक्रमको संचालन गरेका थिए भने स्वागत मन्तव्य सह सचिव विन्दुले गरेकी थिइन ।

 

प्रतिक्रिया दिनुहोस