आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तपाईंको यो साता

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ३०८ पाठक संख्या

(पुस २२ गतेदेखि २९ गतेसम्मको साप्ताहिक राशिफल)

मेषः मानसम्मान बढ्नेछ । व्यापारमा राम्रो योग देखिन्छ । आम्दानीको स्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । राजनीतिबाट फाइदा हुनुका साथै साताको अन्त्यमा भने खर्च बढ्ने र पारिवारिक समस्या हुनेछ ।

वृषः वैदेशिक फाइदा मिल्नेछ । यात्राको अवसर पाइनेछ । ठूलावडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । साताको अन्त्यमा आकस्मिक लाभ र आफन्तबाट फाइदा मिल्नेछ ।

मिथुनः स्वास्थ्यमा समस्या हुनेछ । आफन्तबाट धोका मिल्नेछ । साताको मध्यमा विदेश यात्राको सम्भावना रहेको छ । भाग्यले साथ दिनाले अधूरा काम बन्नेछन् । साताको अन्त्यमा राजनीतिक फाइदा र जिम्मेवारी बढ्ने देखिन्छ ।

कर्कटः पारिवारिक सहयोग पाइनेछ । साझेदारीमा फाइदा मिल्नेछ । प्रेमीप्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । साताको मध्यमा भने अपजस आउन सक्नेछ । स्वास्थ्य समस्याले खर्च बढ्ने देखिन्छ भने साताको अन्त्यमा अधूरा काम बन्ने र यात्राको अवसर पाइनेछ ।

सिंहः वादविवादमा पर्न सक्छ । विरोधीबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । ससुराल पक्षबाट सहयोग पाइनेछ । वैवाहिक कुराकानी चल्नेछ । साताको अन्त्यमा भने मानसिक तनाव बढ्ने र गरेको काम बिग्रिने छ ।

कन्याः अध्ययनमा सफलता मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ । मुद्दामामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । साताको अन्त्यमा भने सानो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ ।

तुलाः मनमा चिन्ता बढ्नेछ । चिसोले सताउनेछ । घरायसी समस्या बढ्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा मिल्नेछ । साताको अन्त्यमा विरोधीले काम बिगार्न सक्नेछन् ।

वृश्चिकः पराक्रम बढ्नेछ । दाजुभाइबाट फाइदा मिल्नेछ । साताको मध्यमा समस्या बल्झिनेछ । काम अधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ । साताको अन्त्यमा भने धन प्राप्ति योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ ।

धनुः कुटुम्ब भेटघाट रहनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अचानक धन सम्पत्ति प्राप्ति हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । सानो यात्रा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यले बाधा तथा मनमा अशान्ति तथा पारिवारिक झैझगडा हुनेछ ।

मकरः हतारमा काम बिग्रिनेछ । गरेको काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरीरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । साताको अन्त्यमा भने आकस्मिक लाभ तथा व्यापारमा राम्रो प्रतिफल मिल्नेछ ।

कुम्भः खर्चले तनाव बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्य तथा अन्त्यमा भने पारिवारिक सुख एवम व्यापार व्यवसायबाट राम्र्रो आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ ।

मीनः अध्ययनमा सफलता मिल्नेछ । मनमा द्विविधा बढ्नाले काम अधूरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवम गरेको काममा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने यात्रा तथा धार्मिक रुचि बढ्नेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस